खुलेर हाँस्दाको यस्ता अचुक फाइदा, हृदयघातबाट बच्नुको साथै युवा देखिनेसम्म

Halesi
0 Shares

काठमाडौं । जब हामी हाँस्न थाल्छौं तब हाम्रो दिमागको तमामा मांसपेशिहरु सक्रिय हुन थाल्छन् । हाँस्दा सँगै रक्तसंचार पनि तेज ढंगले चल्न थाल्छ । जसले हाम्रो शरिरको लागि पर्याप्त अक्सिजन प्रवाहसमेत गर्दछ । यो शरिरको लागि एकदमै फाइदाजनक हुन्छ । यस बाहेक खुलेर हाँस्दा धेरै अन्य फाइदा पनि समेत हुन्छ । आउनुस जानौं अरु फाइदा के छन् ,

हृदयघातको जोखिम कम हुन्छ
हाँस्दा मुटुको एक्सरसाइज पनि हुन जान्छ । जसको कारण रक्तसंचारमा फाइदा पुग्छ । हाँस्दाखेरि शरिरमा एंडोर्फिन नामको रसायन उत्पादन हुन्छ । जसले मुटुलाई मजबुद बनाउन भूमिका खेल्छ । शोध अध्ययनअनुसार खुलेर हाँस्नेहरुमा हृदयघातको जोखिमसमेत कम भएको पाइएको छ ।

हाँस्नेमा डिप्रेसनको समस्या कम
तनाव र डिप्रेशन जस्तो मानसिक समस्या मस्तिष्कमा हुने रसायनिक उतार–चढावको कारण हुन जान्छ । जसको कारण व्यक्ति एकदमै ज्यादा उदास र दिमागी रुपबाट थकितको महसुस गरिरहन्छ । यसप्रकार समस्यामाथि लड्न व्यक्ति खुलेर हाँस्नु सबैभन्दा ठूलो उपचार भएको तथ्य शोधले भेटाएको छ । हाँस्दाखेरि तनाव तथा डिप्रेसनसँग सम्बन्धित हार्मोन्स शरिरमा सन्तुलित हुन गई व्यक्ति तनाव र डिप्रेशनबाट मुक्त रहन सक्छ ।

शारिरिक स्फुर्ती
जब हामी हाँस्छौ तब हाम्रो शरिरमा एंड्राफिन नामका रसायनको विकास हुन्छ । जो शरिरको लागि धेरै फाइदाजनक मानिन्छ । एंड्राफिन रसायनको कारण हामी शान्त महसुस गर्ने अध्ययनले बताएको छ ।

राम्रो निदको लागि
यदि तपाईलाई रातीमा राम्रोसँग निद्रा नआउने समस्या छ भने तपाईं खुलेर हाँस्ने बानी बनाउनुस । तपाईंको निद्रा नलाग्ने समस्या दुर हुन्छ । हास्दा धेरै मात्रामा मेलाटोनिन नामको रसायन उत्पादन र सक्रिय हुन्छ । जसको कारण व्यक्ति राम्रोसँग निदाउन सक्छ ।

सधैं युवा देखिन
हाम्रो अनुहारमा १५ किसिमको मांसपेशिया हुन्छ । जुन हाँस्दा खेरि एकैसाथ सक्रिय हुन पुग्छ । जसमा रक्तसञ्चार तेज ढंगले चल्छ । जसको प्रभाव हाम्रो शरिर अनि अनुहार सुन्दर देखिन्छ । हाम्रो शरिरको मांशपेशि स्वस्थ्य रहन्छ ।

तपाईको प्रतिक्रिया