सरकारले आजदेखि लगायो सामाजिक सञ्जालमाथि प्रतिबन्ध
एजेन्सी । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र सन्देश पठाउन मिल्ने विभिन्न एपमाथि आजदेखि श्रीलंका सरकारले अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । श्रींलकाली अधिकारीका अनुसार देशमा फेरि हिंसा नफैलियोस् भनेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको हो । इस्टर पर्वमा भएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको मस्जिद र मुस्लिम समुदायले सञ्चालन गर्दै आएका पसलमा पनि आक्रमण भएको थियो ।
फेसबुकमा सुरु भएको एक विवादलाई लिएर आइतबार एक व्यक्तिमाथि कुटपिट गरिएको थियो, ‘दर्जनौं व्यक्तिले मस्जिद र मुस्लिम समुदायले सञ्चालन गरेको स्टोरमा ढुंगा प्रहार गरे’, एक स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले भनेको छ । फेसबुकमा विवादस्पद स्टाटस पोस्ट गर्ने ३८ वर्षीय अब्दुल हमीद मोहम्मद हसमरलाई गिरफ्तार गरिएको अधिकारीहरुले बताएका छन् ।