एजेन्सी । अनार गर्भवती महिलाका लागि धेरै नै फाइदाजनक छ । अनारमा भिटामिन, मिनरल, फ्लोरिक एसिड, पोटासियम प्रचुर मात्रामा पाइन्छ । साथै, अनारले महिलामा स्तन क्यान्सरको सम्भावनासमेत कम गर्छ । त्यसैगरी नियमित अनार खाँदा शरीरमा रगतको मात्रा बढ्छ । अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले, मधुमेहका बिरामीका लागि अनार लाभदायक छ ।
अनारको जुसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । यसले रगत पातलो बनाउनुका साथै रक्तबाहिनी नलीमा हुने सुजनसमेत कम गर्छ । यसले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ ।साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ । पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबिसीको मात्रा पनि बढाउँछ । अनारमा पाइने सेच्युरेटेड एसिडका कारण तौल कम गर्न सहयोग गर्छ ।