एजेन्सी । चीनद्वारा विकिपिडियाका सबै संस्करणमा प्रतिबन्ध लगाएको छ । सुरुमा चीनले चिनियाँ भाषामा मात्र प्रतिबन्ध लगाएको थियो । तर, अहिले उसले सबै भाषाका संस्करण बन्द गरको हो ।
फाउन्डेसनले संस्करण बन्द गर्ने विषयमा आफूसँग सल्लाह नभएको बताएको छ । चीनले विकिपिडियामार्फत आफ्नो स्वशासन र नीतिविरुद्ध कार्य भएको आरोप लगाउँदै आएको छ। चीनमा सेन्सनसिपको नीतिअनुसार हजारौं वेबसाइट सञ्लनमा प्रतिबन्ध लगाइएको हो। विकिपिडियामा प्रतिबन्ध लगाउने क्रममा यही वर्ष भेनेजुएला र २०१७ मा टर्कीमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।