पेट्रोलिय पदार्थको मूल्य घट्यो, प्रति लिटर कति छ ?

Halesi
0 Shares

नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएको छ । शुक्रबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ घटाएको हो ।

समायोजन गरी मूल्य घटाएपछि आगामी शनिबार बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न सक्नेछन् । भारतीय आयल कर्पोरेसन आइओसीले १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकाले पेट्रोलिय पदार्थको मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

यो समायोजनपश्चात भारतको रक्सौलभन्दा नेपालको वीरगंजतर्फको सीमा पेट्रोलमा १५.६७ प्रति लिटर र डिजेलमा १६।६४ प्रति लिटर सस्तो कायम हुनेछ ।

तपाईको प्रतिक्रिया