काठमाडौं । सिंगापुरमा मानिसमा मंकीपक्स भाइरसको संक्रमण देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ। नेपालमा पर्यटन वर्ष मनाइँदै गर्दा नेपालसँग सीधा हवाई सम्पर्क रहेको सिंगापुरमा पहिलोपटक यो भाइरस देखिएको हो। त्यसैले मन्त्रालयलाई चनाखो रहन जानकारी दिइएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए।
शुक्रबार मध्याह्न विमानस्थलमा रहेको हेल्थ डेक्सले हामीलाई खबर गरेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। विवेक लालले भने। तर, उनले हवाई आवागमन बन्द गरिहाल्नुपर्ने अवस्था भने नरहेको बताए।