काठमाडौं । यदि तपाईं कुनै जागिरको खोजीमा हुनुहुन्छ र त्यसक्रममा अन्तर्वार्ता दिनुपर्ने छ भने पक्कै पनि नर्भस हुनु हुनेछ। सबै नै नर्भस हुन्छ। तर, अर्को तरिकाले सोच्ने हो भने यो अवसर पनि हो, जहाँ आफ्ना कुरा आकर्षक ढंगले दृढताका साथ प्रस्तुत गर्ने थलो पनि हो। तपाईंले अन्तर्वार्ता दिन जाने ठाउँका बारेमा केही अनुसन्धान गर्नुभयो र त्यसमा सोधिने प्रश्नहरूको केही अनुमान लगाउन सक्नुभयो भने अत्मविश्वास बढ्नेछ। जब आत्मविश्वास बढ्छ। निश्चय नै अन्तर्वार्ता आफूले सोचेभन्दा आकर्षक हुनेछ।
कम्पनीबारे अनुसन्धान गर्ने
आफूले कुन कम्पनीमा अन्तर्वार्ता दिन जान लागेको हो। त्यसबारे राम्रो जानकारी हुनु आवश्यक छ। त्यो कम्पनी कुन क्षेत्रको हो रु कस्तो काम गर्छ रु अहिले त्यो कम्पनीको अवस्था कस्तो छ रुर, त्यो कम्पनीको लक्ष्य के हो भन्नेबारे बुझ्नुपर्छ। अन्तर्वार्ताकारले कस्तो मान्छे खोजिरहेको छ भन्ने जानिराख्नु पनि राम्रो हुनेछ । तपाईंले यसकारणले कम्पनीसँग काम गर्न चाहेको र त्यस कार्यमा आफूले यसरी योगदान गर्न सक्ने विश्वास दिलाउन सक्नुभएमा निश्चय नै अन्तर्वार्ताकार तपाईंबाट प्रभावित हुनेछ।
अन्तर्वार्ताकारबारे जानकारी लिने
आफ्नो अगाडि बसेको अन्तर्वार्ताकार कुन पृष्ठभूमिको हो भन्नेबारे हेक्का हुनु जरुरी छ। उसको जस्तो पृष्ठभूमि छ, त्यसै प्रश्न उसले सोध्न सक्छ। त्यसैले आफ्नो अन्तर्वार्ताकारका बारेमा पर्याप्त जानकारी बटुल्ने प्रयास गर्नु छ। उसले पहिले काम गरेको कम्पनी, उसले काम गरेको क्षेत्र आदिबारे जानकारी हुनुपर्छ। कहिलेकाहीँ त पहिले कुनै कम्पनीमा आफूसँगै काम गरेको सहकर्मी पनि हुन सक्छ। यस्तो अवस्थामा त झन् सजिलो भइहाल्यो। तर, धेरै व्यक्तिगत हुनु पनि राम्रो हुँदैन। उसको फेसबुक वा ट्विटरका कुरालाई अन्तर्वार्ताका क्रममा कुराकानी नगर्नु नै बेस हुनेछ।
केही साझा प्रश्नबारे उत्कृष्ट उत्तर दिने प्रयास गर्ने
अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले केही विशेष प्रश्न गरे पनि अन्य सामान्य नै हुन्छ। जुन सबैलाई सोधिन्छ। यस्ता प्रश्नहरूको सूची बनाउने र उत्कृष्ट जवाफ दिने प्रयास गर्नुपर्छ। अन्तर्वार्ताकारले सोध्न सक्छ, ‘तपाईको सबल पक्ष के हो ?’ यसको उत्तर कसरी दिने ? बस तपाईंले सोच्नुपर्छ कि म त्यो पदमा योग्य छु र यसकारणले योग्य छु भन्नेमा बढी केन्द्रित भएर उत्तर दिनु बेस हुनेछ। तपाईंको कमजोरी के हो रु भनेर सोधिन सक्छ। यस्तो वेला म धेरै काम गर्न रुचाउँछु कहिल्यै नभन्नुहोला। अन्तर्वार्ताकारले पत्याउँदैन।
अन्तर्वार्ताकारलाई दुई प्रश्न सोध्न हिम्मत राख्ने
अन्तर्वार्ताकारले एकहोरो प्रश्न सोधेर तपाईंलाई नर्भस बनाउन खोजिरहेको हुन्छ। तपाईंको ध्यान उत्तर दिनेमा मात्र हुन सक्छ। तर, तपाईंले यो पनि बुझ्नु जरुरी छ कि उसले सोधेको प्रश्नको जवाफ दिने क्रममा उसैलाई प्रश्न गर्ने खालको जिज्ञासा पनि हुन सक्छ। यस्तो प्रश्नलाई तरिका पुर्याएर ठाडो तरिकाले होइन, नम्र भाषामा उल्टै जिज्ञासा राखेर अन्तर्वार्ताकारबाट पनि केही उत्तर खोज्ने प्रयास गर्नुपर्छ। जस्तो कि कम्पनीमा कार्म गर्न उत्प्रेरित गर्ने विषय के हुन् रु कमजोर श्रमिकलाई कसरी कम्पनीले प्रेरित गर्छ, आदि।
अन्तर्वार्तामा जानुअघि साथीसँग अभ्यास गर्ने
अभ्यास एकदमै उत्तम माध्यम हो। आफू कुनै पनि अन्तर्वार्तामा जानुअघि साथीभाइसँग अन्तर्वार्ताको अभ्यास गर्नु उपयुक्त हुन्छ। साथीलाई प्रश्न दिने होइन, उसले जस्तो सोध्छ, त्यसको ठीक ढंगले उत्तर दिने अभ्यास गर्ने।
अन्तर्वार्तामा आफूलाई चाहिने सबै कागजात बोक्ने
अन्तर्वार्ता दिनेक्रममा अन्तर्वार्ताकारले तपाईसँग केही सक्कली कागजात माग गर्न सक्छ। त्यसैले त्यस जागिरका लागि चाहिने सबै कागजात बोकेर अन्तर्वार्तामा जानुपर्छ। ती कागजात नबोक्नु मूर्खता हुनेछ। नयाँ पत्रिकाबाट साभार