काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनकको मुल्य घटेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले घटेकको हो ।सोमबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
त्यस्तै, सोमबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।साथै,चाँदी ७०५ रुपैयाँमा कारोबार भइरहेको छ।