बीबीसी । एप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताहरूले संसद्को तल्लो सदन लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि मतदान गरेका छन्।
देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान गरिएको थियो।
मे २३ गतेको मतगणनाले सत्तासीन भारतीय जनता पार्टीले आफ्नो बहुमत कायम राख्छ वा भारतीय राष्ट्रिय कंग्रेसको प्रतिपक्षी गठबन्धनले सन् २०१४ को निर्वाचनको निराशाजनक प्रदर्शनलाई सुधार्छ भन्ने निर्णय गर्नेछ।
अप्रिल ११ देखि मे १९ बीच सात चरणमा सम्पन्न भएको निर्वाचनको मतगणना मे २३ मा गर्ने पूर्व निर्धारित समय तालिका थियो । सोही अनुरुप स्थानीय समय अनुसार विहान ८ बजेबाट मतगणना सुरु भयो ।
विहान ९ बजेसम्म ६६ स्थानका मतगणनाको परिणाम प्रारम्भिक नतिजा बाहिरिएका छन् । यसमा सत्तारुढ भाजपाले धेरै सिटमा अग्रता लिइरहेको छ ।
बीबीसी हिन्दीले दिएको तथ्याकंमा यसबेलासम्म ६६ मध्ये ४० सिटमा भाजपा अग्रस्थानमा छ । त्यस्तै प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेस १८ स्थानमा आग्रता लिइको छ । त्यस्तै बाँकी ८ स्थानमा भने अन्य पार्टीले अघि देखिन्छन् ।
केही प्रान्तमा मुख्य प्रतिस्पर्धा भाजपा वा कंग्रेसबीच नभई प्रादेशिक दलहरूबीच छ। ती दलहरूमा तमिलनाडूमा डीएमके र एआईएडीएमके, आन्ध्र प्रदेशमा टीडीपी र वाईएसआर, तेलङ्गानामा टीआरएस र उत्तर प्रदेशमा एसपी र बीएसीको गठबन्धनहरू हुन्।