एजेन्सी । लोकसभा चुनाव २०१९ को मतपरिणाम आईरहेको छ । पछिल्लो मतपरिणाम अनुसार भाजपा ३०० भन्दा बढि सिटसहित फेरि सत्तामा जाने सम्भावना देखिएको छ । दिउसो ४ स् ३० सम्मको मतपरिणाम अनुसार, भाजपा देशभरबाट ३४२ भन्दा बढि सिटमा अग्रता लिइरहेको छ । कांग्रेसले अहिलेसम्मको मतगणना हेर्दा ९३ सिटमा अग्रता लिएको देखिन्छ ।
अहिलेसम्मको परिणामले यसअघिको आफ्नो रेकर्ड तोड्दै भारतीय जनता पार्टी भाजपा दोस्रो पटक सत्तामा जाने देखिएको छ । आज बिहानदेखि सुरु मतगणना अनुसार ५४२ सिट मध्ये ३०० भन्दा बढि ल्याएर भाजपा एकलै बहुमतसहित सरकार बनाउने निश्चित देखिएको छ ।
चुनावी परिणामलाई हेर्दा अन्य दलहरुले केहि स्थानमा भने अपेक्षित खालको नतिजा ल्याएका छन् । कांग्रेसले आंध्र प्रदेशमा केहि राम्रो प्रदर्शन गरेको छ । यसअघिको चुनावी परिणामभन्दा आंध्रमा कांग्रेस बलियो देखिएको छ । तमिलनाडुमा द्रमुक ३५ सिटसहित अगाडि छ । त्यही ममता बनर्जीको पार्टी तृणमूल कांग्रेस पश्चिम बंगालबाट २५ सिटसहित अगाडि छ । उत्तर प्रदेशमा मायावतीको पार्टी बसपा १२ सिटसहित अगाडि छ ।
महाराष्ट्रमा भाजपा शिवसेनाको गठबन्धनले ४८ सिट मध्ये ४२ सिटमा अग्रता जमाएको छ । जबकि बिहारमा ३७ सिटसहित राजग अगाडि छ ।
केहि चर्चित नेताहरुको नतिजा भने केहि आश्चर्यमा पार्ने खालको छ । कांग्रेस अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीबाट भाजपा उम्मेदवार नेता स्मृति ईरानीभन्दा करिब १५ हजार भोटले पछाडि छन् । यता वाराणसी लोकसभा सिटमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रतिद्धन्द्धी सपा नेता शालिनी यादवभन्दा निकै अगाडि अर्थात ४ लाखभन्दा बढि मतको अन्तरमा छन् ।
चुनाव आयोगले दिएको तथ्यांक अनुसार वाराणसी सीटमा मोदीले अहिले अहिलेसम्म ५ लाख ८३ हजार मत पाएका छन् । त्यहाँ सपा–बसपा गठबन्धनका प्रत्याशी शालिनी यादवको १ लाख ७३ हजार भोट छ । लखनउबाट केन्द्रिय मन्त्री राजनाथ सिंह आफ्ना निकटतम प्रतिद्धन्दी तथा अभिनेता शत्रुघ्न सिन्हाकी पत्नी पूनम सिन्हाभन्दा धेरै अगाडि छन् ।
भारतले फेरि एकपटक जित्यो – नरेन्द्र मोदी
प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावबाट प्राप्त प्रचण्ड जीतलाई भारतको अर्को जित भएको बताएका छन् । उनले ट्वीट मार्फत भनेका छन्, ‘सबैको साथंसबैको विकास ंसबैको विश्वास स् विजयी भारत ।सबका साथ, सबका विकास, सबका विश्वास, विजयी भारत
उनले अगाडि भने, ‘हामी सँगै बढ्दै जानेछौं, समृद्धिको साथ सँगसँगै हामी एक बलियो र समावेशी भारत निर्माण गर्नेछौं ।’ मोदीले भने, ‘भारतले फेरि एकपटक जित्यो ।’