पाकिस्तानमा महंगाईले संकट निम्तिदैं, यहाँ हेर्नुहोस् खानेकुराको मुल्य

Halesi
0 Shares

एजेन्सी । पाकिस्तानमा महंगाई लगातार आकाश छुने गरि बढिरहेको छ । महंगाईको मार झेलीरहेका जनतालाई इमरान सरकारले राहत दिन सकेको छैन् । खाने पिउने चिजहरुको मुल्यले आकाश छोएको छ । रमजानको कारण महंगाई अझै बढिरहेको छ ।

दुध लिटरमा पाकिस्तानी १९० रुपयेभन्दा बढि पुगेको छ । स्याउ ४०० रुपये किलो, सुन्तला ३६० रुपये र केरा दर्जनको १५० भन्दा माथि छ ।
तरकारीको मुल्य पनि उत्तिकै रुपमा बढिरहेको छ । चाडबाड प्रभावले पनि मूल्यबृद्धिमा बढावा दिइरहेको छ । जसको कारण मानिसहरु एकदमै समस्यामा परेका छन् । पाकिस्तानी मिडियाले जनाएअनुसार मार्चको तुलनामा तरकारीमा करिब ५० प्रतिशत मुल्य बढेको छ । गुड, शक्कर, घ्युउ र तेललगायत खानेकुरामा पनि त्यतिकै मूल्य बढेको छ ।

पाकिस्तानका जनता महंगाईको कारण धेरै समस्यामा परेका छन् । मानिसहरु सामाजिक सञ्जाल मार्फत सरकारी नीतिको विरोध गरिरहेका छन् । मुल्यबृद्धि बढिरहेको र रोकिने स्थिति नभए गम्भिर संकट आउने सञ्चार माध्यमले जनाएका छन् ।

मुल्यबृद्धिको कारण पाकिस्तानको रुपये २९ प्रतिशतले कमजोर भएको छ । यो एसियाकै सबैभन्दा कमजोर मुद्रा मध्येमा पर्न गएको छ । अहिले एक अमेरिकी डलरको मुल्य १५० पाकिस्तानी रुपये पुगेको छ । जबकी भारतीय ७० रुपैयाँको एक डलर हुन्छ । नेपाली ११२ रुपैयाँ र बंगालादशको ८४ टकाको एक डलर हुन्छ ।

तपाईको प्रतिक्रिया