काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । आज सुन तोलाको रु ५०० रुपैंयाँले बढेको हो ।बिहीबार छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
त्यस्तै, बिहीबार तेजावी सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।साथै,चाँदीको मूल्य ७१० रुपैयाँमा कारोबार भइरहेको छ।