आफु पराजित भएपछि कन्हैया कुमारको यस्तो आयो ट्वीट

Halesi
0 Shares

एजेन्सी । बिहारको हाईप्रोफाइल बेगूसराय सिटमा बीजेपी प्रत्यासी तथा केन्द्रिय सदस्य मन्त्री गिरिराज सिंहले नयाँ रेकर्डसहित जीत हासिल गरेका छन् । गिरिराज सिंहले सीपीआईका कन्हैया कुमारलाई धेरै मत अन्तरबाट हराएका हुन् ।

चुनाव अघि यस क्षेत्रमा कन्हैया कुमार र तनवीर हसनबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको थियो । तर चुनावी नतिजाले कुनै प्रतिस्पर्धा देखाएन बरु भाजपा उम्मेदवार गिरिराज सिंह धेरै मतको अन्तरले जित हाँसिल गरे । गिरिराज सिंहले ६ लाख ८७ हजार ५७७ ल्याउँदा कन्हैया कुमारले २ लाख ६९ हजार ९७६ मत ल्याए । अर्का प्रतिस्पर्धी तनवीर हसनले १ लाख ९६ हजार ८०० भोट ल्याएका छन् ।

चुनावमा अनपेक्षित परिणामसहित पराजित भएपछि सीपीआई उम्मेदवार कन्हैया कुमारले ट्वीट मार्फत जनादेशको सम्मान गर्छु भन्दै देशवासीलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘दुनियाको सबैभन्दा ठुलो लोकतान्त्रिक देशको जनादेश प्रति सबै देशवासीलाई बधाई १ चुनिएका सबै सांसदलाई शुभकामना तथा चुनावका दौरान सहयोग र समर्थन गर्ने तमाम जनसमुदायलाई धन्यवाद ।’ उनले जनताको अधिकारको आफुँ सदैव जोश र लगनसहित संघर्षमा उत्रिरहने समेत उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया