नई दिल्ली । लोकसभा चुनाव २०१९ बाट प्रचण्डमतसहित नयाँ रेकर्ड बनाउँदै भाजपा फेरि सत्तामा जाँदैछ । भारतीय मिडियाले जनाएअनुसार नरेन्द्र मोदीले ३० मईको दिन प्रधानमन्त्रीको सपथ लिने छन् ।
प्रचण्ड जित लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहले पार्टी वरिष्ठ नेता लालकृष्ण आडवाणीलाई भेटी आशीर्वाद लिएका छन् । आर्शिवाद लिनको लागि दुवै नेता लालकृष्ण आडवाणीको घर पुगेका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आडवाणीसँगको भेटपछाडि ट्वीट गर्दै आणवाडीले देखाएको बाटोमा निष्ठापूर्वक हिंड्ने बताएका छन् । उनले ट्वीट मार्फत आडवाणीले खुबै मेहनेत गरेर पार्टी बनाएको भन्दै आणवाणीको मेहनेत र विचारधाराको सम्मान गरेका छन् ।
तर अहिले आडवाणी र मोदीबीच वैचारिक मतभेद रहँदै आएको छ । कुनै बेला पार्टीका सबैभन्दा शक्तिशाली नेतामा रुपमा रहेका आडवाणी पछिल्लो समय पुरै राजनीतिबाट निस्क्रिय छन् । उनि पछिल्लो लोकसभा निर्वाचनमा सामेल भएनन् ।