काठमाडौं । सरकारले आर्थिक वर्ष ०७६ र ७७ का लागि खानेपानी तथा सरसफाइको क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन बजेट आर्थिक वर्ष २०७५ र ०७६ को तुलनामा १९ अर्ब ४१ करोड बढी हो ।
विभिन्न अधुरा खानेपानी आयोजनालाई पूर्णता दिन, नयाँ आयोजना सुरु गर्न र साना सहरी खानेपानी आयोजनाहरु सम्पन्न गरी आगामी वर्ष ९२ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सेवाको पहुँच पुर्याउने योजनासहित सरकारले खानेपानीको क्षेत्रलाई बढी प्राथमिकता दिएको हो ।