थाहा पाउनुहोस्, सुघ्ने क्षमताको आधारमा थाहा हुन्छ तपाईंको आयु

Halesi
0 Shares

काठमाडौं । मानिसको आयु उसको सुघ्ने क्षमतामा भर पर्ने एक तथ्य फेला परेको छ । हालै एक शोधकर्ताहरुको अनुसन्धानले यस्तो तथ्य सार्वजनिक गरेको हो । अनुसन्धानले बृद्ध मानिसहरुको सुघ्ने क्षमता ५० प्रतिशत खराब छ भने उसको आयु १० वर्षभन्दा बढि नहुने तथ्य सार्वजनिक गरेको छ ।

यस विषयको अनुसन्धानबारे मेडिकल क्षेत्रसँग सम्बन्धित पत्रिका एनल्स आफ इंटरनल मेडिसिनमा लेख प्रकाशित छ । शोधको दौरान ४६ प्रतिशतसम्म खराब सुघ्ने शक्ति भएकाको उमेर १० वर्ष रहने बताइएको थियो । जसको क्षमता ३० प्रतिशतसम्म खराब थियो उसको उमेर १३ वर्ष रहने बताइएको थियो ।

यस अनुसन्धानमा संलग्न प्रोफेसर होन्गलेई चेनले बुजुर्ग व्यक्तिमा सुघ्ने क्षमता कम हुनुसँगै मृत्यु पनि नजिक आउने बताएका छन् । प्रोफेसर चेनको टिमले अमेरिकाको नेशनल इस्टीट्युट अन एजिंनको आंकडालाई आधार मानेर सोध गरेको थियो । यसको दौरान लगभग २३०० जनाको स्वास्थ्य आँकडालाई समिक्षा गरिएको थियो । सोध गरिएकाको उमेर ७० वर्ष हाराहारीको थियो ।

उनिहरुले शोधको लागि ति व्यक्तिहरुलाई विभिन्न १२ खालका सुघ्ने वस्तु सुघ्न लगाएका थिए । सोधले सुघ्ने क्षमता प्रभावित भएसँगै व्यक्तिको स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्दै जाने निष्कर्ष निकालेको छ । सोधकर्ताहरुले आफ्नो सुघ्ने क्षमतालाई ख्याल गरि चिकित्सकको परामर्श अनुसार स्वास्थ्यको हेरचाह गर्न सुझाएका छन् ।

तपाईको प्रतिक्रिया