काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । निगमले बुधबार रातिबाट लागू हुने गरी मूल्य घटाएपछि बिहीबार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय १० रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ ।
यसअघि पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ प्रतिलिटर थियो । आयल निगमले १५ जेठमा बजेट आउनासाथ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ ५० पैसा वृद्धि गरेको थियो । बजेटले पेट्रोल र डिजेलमा पूर्वाधार कर बापत १ रुपैयाँ थपेपछि मूल्य बढाएको निगमले तर्क गरेको थियो ।