काठमाडौं। साताको चौथो दिन बुधबार पनि नेपाली बजारमा फेरि सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।मंगलबार प्रतितोला सुनको मूल्य ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि बढेर प्रतितोला सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै मंगलबार तेजावी सुनको मूल्य ६१ हजार ४ सय रुपैँया कारोबार भएको थियो भने आजपनि फेरि बढेर प्रतितोला सुनको मूल्य ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी, चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।