एजेन्सी । लोकसभा चुनावमा नराम्रो पराजय व्यहोरेको कांग्रेसलाई अर्को ठूलो झट्का लागेको छ । भारतको तेलंगानाबाट कांग्रेसका १२ विधायकले सत्तारुढ तेलंगाना राष्ट्र समिति टीआरएसमा विलिन हुने घोषणा गरेका छन् । विधानसभा चुनावमा तेलंगानाबाट कांग्रेसले १८ सिट जितेको थियो ।
जानकारीअनुसार कांग्रेसका १२ विधायकले बिहिबार नै पार्टी बदलेको जानकारी विधानसभा अध्यक्षलाई दिएका छन् । पार्टी बदल्दा उनीहरुको सीट पनि सुरक्षीत नै हुने गर्दछ । कांग्रेस परित्याग गर्ने १२ विधायकमध्ये रोहित रेड्डी पनि छन् । उनले केहि समय अगाडि मात्रै टीआरएस परित्याग गरि कांग्रेस प्रवेश गरेका थिए ।
तेलंगाना राज्यमा टीआरएस आफैं पूर्ण बहुमत भएको पार्टी हो । जम्मा ११९ सीटमा टीआरएसको मात्रै ८८ सिट छन् । अब कांग्रेसबाट १२ जना थपिएसँगै १०० विधायक पुग्नेछन् ।