प्रेरक प्रसङ्ग: कंजुसीले यसरी गुमायो स्वर्ग जाने अवसर

Halesi
0 Shares

काठमाडौं । प्राचीन समयमा एउटा एकदमै कन्जुस व्यक्ति थियो । उसले पुरै जिन्दगीभर कसैलाई केहि पनि दिएन । पैसा नै उसको लागि सबैथोक थियो ।

मर्ने पश्चात उ नर्कमा गयो । जहाँ उसलाई अत्यन्तै दुःखद स्थितिमा रहनु परेको थियो । उ आफ्नो दयनीय स्थितिमा एकदमै रुन्थ्यो । र इश्वरलाई त्यहाँबाट बाहिर निकाल्नको लागि प्रार्थना गरिरहन्थ्यो ।

अन्तमा इश्वरले त्यो व्यक्तिलाई नर्कबाट निकाल्न युक्ति लगाए । ईश्वरले चित्रगुप्त मार्फत कंजूस व्यक्तिलाई नर्कबाट निकाल्न लगाए । सँगै उनले कन्जुस व्यक्तिको खाता पनि हेर्न लगाए । खातामा उसको कुनै पुण्य कामको सूची थिएन । कंजुस व्यक्तिले जिन्दगीभर कसैलाई केही सहयोग गरेको थिएन ।

जीवनमा एकपटक कन्जुसले सडेको केरा एकजनालाई दिएको रहेछ । त्यहि आधारमा भगवानले त्यसलाई नर्कबाट निकाल्न लगाए । भगवानले कंजुसलाई एउटा छडि दिए । त्यहि छडिमार्फत कंजुस बाहिर आउन सक्थ्यो ।

छडी पाएर कंजुस धेरै खुसी भयो । उ माथि चढ्दै गयो । उ माथि चढेको देखेर नर्कका अन्य पनि सँगसँगै माथि आए । कंजुसले अरुलाई तलतिर धकेल्दै माथि माथि आईरह्यो ।

उसले चिच्याएर यो छडि मलाई इश्वरले दिएको हो । यो छडि मैंले मात्रै प्रयोग गर्ने हो । भन्दै माथि आइरह्यो । हेर्दा हेर्दा माथि चढेको कंजुस फेरि नर्कमै गिर्यो । अनि छडि पनि गायब भयो । भगवानले फेरि उसलाई एउटा परीक्षामा दिन लगाएका थिए । उसले कुनै धर्मको काम गर्छ कि गर्दैन भन्ने परीक्षा लिएका थिए । तर उ परीक्षामा फेल भयो ।

यदि जीवनलाई कसैलाई केहि दिनुभएको छैन भने इश्वरले पनि तपाईलाई केहि दिन सक्नेछैनन् । जीवनलाई कसैलाई केहि नदिई आनन्द त उठानुहोला तर पाउने दुःख पनि तपाई एकलै भोग्नुपर्छ । तपाईंलाई दुःखमा कसैले साथ दिनेछैनन् । यहि नै इश्वरीय न्याय हो ।

तपाईको प्रतिक्रिया