नेपाल टेलिकमले ल्यायो एकदमै सस्तो अफर, अब चीनमा कल गर्दा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसा मात्रै लाग्ने

Halesi
0 Shares

काठमाडौं । नेपाल टेलिकमले एकदमै सस्तो अफर सार्वजनिक गरेको छ । टेलिकमले नेपालदेखि चीनमा कल गर्नको लागि ‘चाइना कल अफर’ सार्वजनिक गरेको हो । टेलिकमले सार्वजनिक गरेको अफर अन्तर्गत अब चीनमा कल गर्दा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसा मात्रै लाग्नेछ ।

यस्तो छ प्याकहरु
नेपालबाट चीनमा कल गर्न कम्पनीले सो अफर अन्तर्गत दैनिक, साप्ताहिक र मासिक रुपमा प्रयोग गर्न सकिने विभिन्न प्याकहरु सार्वजनिक गरेको छ । दैनिक प्याक योजना अन्तर्गत ३५ रुपैयाँले १० मिनेट कुराकानी गर्न सकिन्छ ।

यो अफर एक दिनमै प्रयोगमा ल्याइसक्नु पर्छ । त्यसैगरी साप्ताहिक प्याक सुविधा अन्तर्गत १ सय ५० रुपैयाँमा ४५ मिनेट र मासिक प्याक अन्तर्गत ५ सय रुपैयाँमा १ सय ६५ मिनेट कुरा गर्न सकिन्छ । यी प्याकहरु क्रमशः सात दिन र एक महिनासम्म प्रयोग गर्न सकिन्छ ।यसरी कल गर्नका लागि लिइएका प्याक सुविधालाई मिनेटमा गणना गर्दा दैनिक प्याकबाट प्रतिमिनेट ३ रुपैयाँ ५० पैसा, साप्ताहिक ३ रुपैयाँ ३३ पैसा र मासिक प्याक योजनामा ३ रुपैयाँ ३ पैसामा कुराकानी गर्न पाइन्छ ।

एक्सेस कोड प्रयोग गर्नुपर्ने
यो अफर लिन अन्तराष्ट्रिय एक्सेस कोडहरु ००, १४२४, १४२५ र १४४५ मा प्रयोग गर्नुपर्ने हुन्छ । प्याक अफरमा सहभागी नभई फोन गर्दा सामान्य अवस्थाको महशुल दर लागु हुन्छ । पछिल्लो समयमा उपलब्ध गराइएको अफरबाट ग्राहकलाई सामान्य अवस्थामा उपलब्ध भन्दा प्रतिमिनेट २०.८९ प्रतिशतसम्म सस्तो सेवा प्राप्त हुन्छ ।

अफर लिन यसो गर्नुस
चाइना कल अफर अन्तर्गतको विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ज्ञद्धज्ञछठ३ मा डायल गरी प्राप्त निर्देशन अनुसार गर्नुपर्छ । त्यसैगरी मोबाइलबाटै एसएमएस पठाएर पनि सुविधा लिन सकिन्छ । दैनिक अफर योजनाका लागि DCHINA, साप्ताहिकका लागि WCHINA र मासिक अफर सुविधाका लागि MCHINA  टाइप गरेर १४१५ मा सन्देश पठाउनु पर्दछ ।

नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मार्फत पनि यससम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । कम्पनीको एप Nepal Telecom बाट पनि यस सम्बन्धी जानकारी लिन तथा प्याकेज खरिद गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया