काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु १०० रुपैंयाले बढेको हो ।
बुधबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला ६२ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै, मंगलबार तेजावी सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला बढेर ६२ हजार १०० रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यसैगरी, बुधबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।