काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा रु ६०० रुपैंयाँले बढेको हो ।
बिहीबार प्रतितोला सुनको मूल्य ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर प्रतितोला सुनको मूल्य ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै, बिहीबार तेजावी सुनको मूल्य ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर प्रतितोला सुनको मूल्य ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी, चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।