विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्षका लागि आइतबार प्रदेशसभामा ४२ अर्ब २० करोड चार लाख १२ हजारको बजेट पेश गरेका छन् ।
कूल विनियोजनमध्ये चालूतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार (४३ दशमलव) प्रतिशत, पूँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार (५५ दशमलव ९) प्रतिशत र वित्तीय व्यवस्थातर्फ आठ करोड (शुन्य दशमलव २) प्रतिशत रहेको छ ।
अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेको मन्त्री आङवोले जानकारी दिए । उनले खर्च व्यहोर्न आन्तरिक स्रोतबाट तीन अर्ब ८६ करोड, राजश्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड जनाए ।चालू आवको नगद मौज्दात करीब छ अर्ब ६१ करोड रहने पूर्वअनुमान बजेट पुस्तिकामा उल्लेख छ ।