काठमाडौं। सिजनकै मुखमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । सुनचाँदी व्यवसायी महासंघले बिहीबार प्रतितोला सुनको मूल्य ६४ हजार निर्धारण गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
बुधबार प्रतितोला सुनको मूल्य ६३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै, बुधबार तेजावी सुनको मूल्य ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।