आज सुनको मूल्य ६५ हजार पुग्यो, ७० हजार पुग्ने सम्भावना

Halesi
0 Shares

काठमाडौं ।  बुधबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार ६३ हजारमा कारोबार भएको सुन शुक्रबार बजारमा तोलाको ६५ हजार पुगेको हो। बुधबार ६३ हजार तीन रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार ६५ हजारमा कारोबार भएको छ।

तेजाबी सुनको मूल्य समेत हजार रुपैयाँ नै पढेको छ। बुधबार ६२ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबार ६३ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार तेजाबी सुनको मूल्य ६४ हजार सात सय पुगेको छ।

बजेट भाषण नहुँदासम्म ५९ हजारमा कारोबार भएको सुन त्यसपछि एक हजार रुपैयाँ बढेको थियो। त्यसपछि शुक्रबारसम्म बढ्नेक्रम जारी छ। अन्तराष्ट्रिय विज्ञको अनुसार यही क्रममा बढ्दै गए ७० हजारसम्म पुग्ने सम्भावना देखिन्छ।

तपाईको प्रतिक्रिया