काठमाडौं । नेपाल टेलिकमले धनकुटामा पनि उच्च गतिको इन्टरनेट तथा गुणस्तरीय टेलिफोन सेवाको सुरुवात गरेको छ । टेलिकमले शुक्रबार औपचारिक कार्यक्रम गरि धनकुटामा एफटीटीएच अर्थात फाइबर टु द होम सेवाको सुभारम्भ गरेको हो ।
हाल धनकुटामा जडान गरिएका दुईवटा एफडीसी ९फाइबर डिष्ट्रिब्युसन क्याबिनेट० मार्फत ७ सय ५२ लाइन एफटीटीएच सेवा वितरण गर्न सकिने टेलिकमले जनाएको छ । आगामी दिनमा ग्राहकको मागअनुसार सेवालाई विस्तार गरिने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम मूल्य निर्धारण गरी एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्नेछन् ।
साथै नयाँ लाइन जडानकर्ताहरुले तीन महिनासम्म जति कुरा गरेपनि पैसा नलाग्ने गरी छु्टको व्यवस्था गरिएको टेलिकमले जनाएको छ । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी छ ।