भाइरल कुर्सी सलामी मेयरले भने – अञ्जानमा गल्ती भो, सुधार गर्ने छु

Halesi
0 Shares

धनकुटा,  महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नेक्रममा बुधबार जितपुरस्थित खेल मैदानमा सलामी दिएका हुन् ।जब खेलकुदको धुन बज्न थाल्यो, नगर प्रमुख भने कुर्सी माथि चढेर सलामी दिन थाले । भेला भएका सर्वसाधारण अनौठो मानेर दृश्य नियालिरहे ।

उपप्रमुख मञ्जु अधिकारी सहित अन्य अतिथि भूइँमा उभिएका थिए। तर, प्रमुख नेपाल मात्र कुर्सीमा उभिएर सलामी दिए। उनी प्लाष्टिकको कुर्सीमा टेकेर सलामी दिन टेबल माथि उभिएका थिए।

खेलकुद प्रतियोगितामा उपस्थितिका आधारमा सबैभन्दा वरिष्ठ व्यक्तिको हैसियतमा आयोजकको आग्रहमा टेबलमा उभिन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ। विगतमा जस्तै नियमित सलामीको कार्य भएकोले भ्रम फैलाउने काम नगर्न नगर कार्य पालिकाको कार्यालयको तर्फबाट आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ। खेलाडीलाई प्रोत्साहन दिन अरु भन्दा माथि उभिएर सलामी दिइएको दाबी समेत गरिएको छ।

नगरपालिकाका प्रमुख नेपालले समेत सोमबार सामाजिक सञ्जाल मार्फत आफूले गरेको कार्यप्रति आत्मालोचना गरेका छन्। उनले आफूबाट अञ्जान गल्ती गरेको बताएका छन्। ‘म बाट गल्ती भएको महसुस भइरहेको छ, उनले भने, ‘आगामी दिनमा यसलाई पाठ ठानेर सुधार गर्ने छु।

तपाईको प्रतिक्रिया