खोटाङ, खोटाङस्थित केपीलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०७६र०७७ का लागि झण्डै साँढे २८ करोड रुपैंयाँको बजेट ल्याएको छ । उक्त गाउँपालिकाले यस आर्थिक बर्ष २८ करोड २४ लाख ४१ हजार बराबरको वार्षिक बजेट तथा कार्यक्रम ल्याएको हो ।
मंगलबार सम्पन्न पाँचौ गाउँसभामा बार्षिक बजेटअन्र्तगत सङ्घीय सरकार वित्तीय समानिकरणतर्फ ७ करोड ५५ लाख र राजस्व बाँडफाँड ६ करोड ३१ लाख, रुपैंयाँको बजेट तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष हिरादेवी बनले प्रस्तुत गर्नुभएको छ ।
यस्तै, प्रदेश सरकार वित्तीय समानिकरणतर्फ ६९ लाख ८८ हजार, राजस्व बाँडफाँड ४३ लाख ५३ हजार रुपैंयाँ बिनियोजन भएको जनाईएको छ । आन्तरिक राजस्व १२ लाख, सशर्त १३ करोड १३ लाख गरी २८ करोड २४ लाख ४१ हजार बजेट विनियोजन गरिएको छ ।
आन्तरिक राजस्व र सशर्त बाहेकको १४ करोड ९९ लाख ४१ हजारबाट चालुतर्फ ३ करोड ७५ लाख, पूँजीगततर्फ ११ करोड २४ लाख ४१ हजार, आर्थिक विकासतर्फ ४५ लाख ६० हजार रुपैंयनाँ बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताउनुभयो ।
बिनियोजित बजेट अन्र्तगत सामाजिक विकास तर्फ २ करोड १४ लाख ८९ हजार ६ सय, पूर्वाधारतर्फ ६ करोड ८८ लाख ४ हजार ९ सय ६०, वन, वातावरण, विपद व्यवस्थापनतर्फ २१ लख ७६ हजार ४ सय ८०, सुशासन तथा संस्थागत विकास १ करोड ५४ लाख ९ हजार ९ सय ६० विनियोजन भएको नासु युनिक साम्पाङले जनाउनुभयो ।