काठमाडौं । विवादमा आएको चर्चीत गीत गलबन्दीको अन्नत विवाद टुंगीएको छ । लय चोरिएको भन्दै विवादमा आएको गीतको बारे आज प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा प्रकाश सपुत र शम्भु राईबीच सहमति भएको हो ।
प्रकाश सपुत र शम्भु राईवीच गीतको बारे ४ बुँदे सहमति भएको छ । सपुत र राईबीच भएको सहमतिमा गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुने र पुन संगीत सिर्जनामा प्रकाश सपुतको नाम रहने उल्लेख छ ।
सहमति अनुसार गीतको संगित सिर्जनाको अधिकार शम्भु राईको हुनेछ । गीतमा नाम समावेश भएपनि प्रतिलिपि अधिकार र उत्पादन तथा प्रस्तोताले पाउने रोयल्टीमा भने शम्भु राईको अधिकार हुने छैन् । शम्भु राईले गीतबाट हुने कुनैपनि आम्दानी पाउने छैनन् ।