ऐसेलुखर्क गाउँपालिकाको बजेट ३१ करोड ३१ लाख बढी

Halesi
0 Shares

खोटाङ, ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि ३१ करोड ३१ लाख बढी बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको कार्यालयमा मङञगलबार सम्पन्न गाउँसभामा गाउँपालिकाका उपप्रमुख पुष्पकला भुजेलले ३१ करोड ३१ लाख ६७ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

संघीय सरकारबाट प्राप्त सशर्त अनुदान १५ करोड ४९ लाख, वित्तीय समानिकरणतर्फ प्राप्त ७ करोड ५८ लाख, राजस्व बाँडफाँडतर्फको ६ करोड ६ लाख, प्रदेश सरकारको वित्तीय समानिकरणतर्फ प्राप्त अनुदान ६९ लाख, सवारी साधन कर अन्तरगतको ३० लाख ८४ हजार, गाउँपालिकाको चालु आवको बाँकी रहेको १ करोड र आन्तरिक बजेट १८ लाख ८३ हजार रकमबाट पुँजीगततर्फ १० करोड २२ लाख ६७ हजार र चालु खर्चतर्फ ५ करोड ६० लाख विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

कृषि तथा पशु, पर्यटन, उधोग एवम् बाणिज्य, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, आयुर्वेद स्वास्थ्य नीति, लक्षित वर्ग तथा समावेशिकरण, सडक, भवन तथा अन्य भौतिक पूर्वाधार, विद्युत तथा वैकल्पिक उर्जा, विपद व्यवस्थापन तथा भु–संरक्षण, वन, वातावरण तथा जलवायु परिवर्तन, मानव संशाधन विकास, भाषा, साहित्य तथा कला संस्कृति, सुशासन र संस्थागत विकास, सूचना तथा सञ्चार, राजश्व तथा वित्तय व्यवस्था नीति, युवा तथा खेलकुद लगायतलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया