खोटाङ, हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि ४७ करोड ८३ लाख ७ हजार बराबरको अनुमानित वार्षिक बजेट प्रस्तुत गरेको छ । चौथो नगरसभामा उपप्रमुख विमला राईले संघीय सरकारको वित्तीय समानीकरणतर्फ १० करोड ७५ लाख, संघीय सरकार राजश्व बाडफाडतर्फ ९ करोड ६९ लाख, संघीय सरकार सशर्त अनुदानतर्फ २४ करोड ९५ लाखको सिमामा रहेर वार्षिक बजेट प्रस्तुत गर्नुभएको हो ।
सभामा संघीय सरकारबाट वित्तिय समानीकरनतर्फ प्राप्त ७९ लाख ९१ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडतर्फ ९७ लाख १३ हजार, आन्तरिक बजेट प्रक्षेपण ६० लाख, आन्तरिक राजश्व बाँडफाँडतर्फ १५ लाख मध्येबाट वार्षिक बजेट तयार पारेर प्रस्ताव गरिएको नगरप्रमुख इवन राईले जानकारी दिनुभयो ।
नगरपालिकाले कृषि तथा पशु, पर्यटन, उधोग एवम् बाणिज्य, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, आयुर्वेद स्वास्थ्य नीति, लक्षित वर्ग तथा समावेशिकरण, सडक, भवन तथा अन्य भौतिक पूर्वाधार, विद्युत तथा वैकल्पिक उर्जा, विपद व्यवस्थापन तथा भु–संरक्षण, वन, वातावरण तथा जलवायु परिवर्तन, मानव संशाधन विकास, भाषा, साहित्य तथा कला संस्कृती, सुशासन र संस्थागत विकास, सूचना तथा सञ्चार, राजश्व तथा वित्तय व्यवस्था नीति, युवा तथा खेलकुद लगायतलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।