काठमाडौं । महाभारत युद्धपूर्व अर्जुनले जब भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य र कुटुम्बका सबै मानिसलाई देखे, त्यसबेला उनले आफ्नो तीर टोकरीमा राखे । र श्रीकृष्णलाई युद्ध नगर्ने बताए । त्यसबेला श्रीकृष्णले अर्जुनलाई गीताको ज्ञान दिएका थिए ।
गीतामा दिइएको ज्ञान आज पनि हाम्रो जीवनको कयौं समस्याहरु पन्छाउन काम लाग्छन् ।गीताका केहि त्यस्ता श्लोक जुन धेरै सरल र जीवनउपयोगी छन् स्
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥
यो गीताको दोस्रो अध्यायको एकदमै प्रचलित श्लोक हो । यस श्लोकमा श्रीकृष्णले अर्जुनलाई कर्ममाथि मात्रै अधिकार हुने बताएका छन् । ‘कर्म प्रति मात्रै तिम्रो अधिकार छ तर कर्मको फलमाथि तिम्रो अधिकार छैन् । यसकारण कर्मको फलको चिन्ता गर्नु हुँदैन् ।’
यस श्लोकमा कर्मको महत्व बताइएको छ । हामी कर्म प्रति मात्रै ध्यान दिनु आवश्यक छ । पुरा इमान्दारीताका साथ आफ्नो काम गर्नुपर्दछ । गलत कामबाट बच्नुपर्दछ ।
नैनं छिद्रन्ति शस्त्राणि नैनं दहति पावकस्। न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत॥
यो पनि द्धितीय अध्यायको श्लोक हो । यसमा बताइएको छ कि, ‘आत्मालाई कुनै शस्त्रले काट्न सक्दैन । आगोले जलाउन सक्दैन । पानीले भिजाउन सक्दैन । हावाले सुखा बनाउन सक्दैन् । श्रीकृष्णले अर्जुनलाई आत्माले शरिर बदल्ने र कहिल्यै पनि नमर्ने बताएका छन् ।’ त्यसकारण श्रीकृष्ण कुनैपनि मृत्युप्रति शोक मनाउन आवश्यक नरहेको बताउँछन् ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारतस्। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥
यो गीताको चतुर्थ अध्यायको श्लोक हो । यस श्लोकमा श्रीकृष्णले धर्मअनुसार काम गर्न सुझाएका छन् । ‘सृष्टिमा जब–जब धर्मको विरुद्ध अधर्म बढ्दै जान्छ, तब–तब धर्मको रक्षाको निमित्त मैंले अवतार लिने गर्दछु । जो मानिस अधर्म गर्छन्, भगवान उसको संहार गर्छ, त्यसकारण धर्मअनुसार नै काम गर्नुपर्दछ ।’