खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि ३१ करोड ३१ लाख बढी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको कार्यालयमा मङञगलबार सम्पन्न गाउँसभामा गाउँपालिकाका उपप्रमुख पुष्पकला भुजेलले ३१ करोड ३१ लाख ६७ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
यस्तो छ बजेटको पुर्णपाठ:
यस ऐसेलुखर्क गाउँपालिकाको आ.ब.२०७६/२०७७ को बार्षिक बजेट सार्वजनिकीकरण सामारोहमा उपस्थित हुनुभएका यस गाउँ कार्यपालिकाका आदरणिय अध्यक्ष ज्यु गाउँ सभाका सम्पुर्ण सदस्य ज्युहरु हिमाल एफ.एम बाट देशभर साथै फेसबुक लाईभ एंव अनलाईनमार्फत संसारभर प्रत्यक्ष सुनिरहनुभएका सम्पुर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरु यस ऐसेलुखर्क गाउँपालिकाका सम्पुर्ण कर्मचारी बुद्धिजीवी महानुभावहरु एंव सञ्चारकर्मि मित्रहरु ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघियता कार्यान्वयनको कोसेढुंगा रुपमा रहेको स्थानिय तहको निर्वाचन सम्पन्न भइ निर्वाचित जनप्रतिनिधिको हैसियतमा यस ऐसेलुखर्क गाउँपालिका आर्थिक बर्ष २०७६/२०७७ को बजेट प्रस्तुत गर्न पाउँदा म आफुलाई गौरवान्तित भएको महसुस गर्दछु ।मुलुकलाई यस अवस्था सम्म ल्याईपुयाउन आफ्नो प्राण आहुति दिने सम्पुर्ण ज्ञात अज्ञात शहिदहरु प्रति हार्दिक श्रदाञ्चालि अर्पण गर्दछु साथै घाईते एंव बेपत्ता परिवारहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।
मुलुकमा स्थानिय तहको निर्वाचन पश्चात विकास प्रति जनतामा आशाको किरण संच्चार भएको छ ।हिजोको केन्द्रीकृत विकास प्रकियाले अवरोध गरेको विकासको गतिलाई तिब्र बनाउने गहन जिम्मेवारी हामीमा आएको छ ।यो हाम्रा लागि अवसर र चुनौति पनि हो । परिवर्तन सन्दर्भमा विकासका ढोकाहरु प्रसस्तै खुलेका छन् र अवको विकासलाई सहभागितामुलक समावेशी एंव परिणामन्मुख बनाउँदै लानुपर्ने बाध्यता हामि जनप्रतिनिधिहरुको काँधमा जिम्मेवारी आएको छ ।
यि विधमान् परिस्थितिहरुको परिधिभित्र रहेर म यस ऐसेलुखर्क गाउँपालिकाको भविष्यसँग जोडिएर आएको विकास र त्यसको कार्यान्वयनमा आवश्यक पर्ने बजेट लिएर यहाँहरुमाझ उपस्थित भएको छु ।
बजेट निर्माणमा आवश्यक मार्गदर्शन गर्नुहुने गाउँपालिकाका अध्यक्ष ज्यु‚कार्यपालिकाका सदस्य साथिहरु‚वडा समितिका सबै साथिहरु ‚बिषयगत समितिका सबैपदाधिकारीहरु‚राजनितिक दलका प्रतिनिधिहरु‚विद्धान तथा बुद्धीजिविहरु‚गाउँपालिका क्षेत्रका सबै राष्ट्रसेवक मित्रहरु एंव आम विकासप्रेमि नागरिकहरुमा हार्दिक आभार प्रकट गर्दछु ।
यसका साथै आगमि आर्थिक बर्षेमा ऐसेलुखर्क गाउँपालिकाको विकास र समृद्धिका लागि अनुदान बजेट व्यवस्था गरिदिने नेपाल सरकार‚१ नं प्रदेश सरकार‚सम्पुर्ण विकासका साझेदार एंव आम करदाताहरुमा म गाउँकार्यपालिकाका तर्फबाट हार्दिक आभार व्यत्त गर्दछु ।
उपस्थित सम्पुर्ण महानुभावहरु
अव म आगामि आ.ब. २०७६/२०७७ को अनुमानित आय र व्यय प्रस्तुत गर्नुपुर्व चालु आ।ब मा संच्चालित योजना तथा कार्य्रमहरु समिक्षा प्रस्तुत गर्न अनुमति चाहान्छु ।
चालु आ.ब २०७५/२०७६ का लागि गत बर्ष २०७५साल असार २७ गते यही सम्मानित गाउँसभाबाट विनियोजित रकम रु २८ करोड ५६ लाख ८ हजार ९ सय ८७ मध्ये कतिपय योजना तथा कार्यक्रमहरु समयमा सम्पन्न नभएको कारणले करिब १ करोड गाउँपालिकाको संचित कोषमा नै संचित हुने देखिन्छ ।
चालु बर्ष चालु तर्फ कुल बजेट ४ करोड ५१ लाख ४५ हजार।– मध्ये असार ९ सम्म ३करोड १० लाख ६६ हजार ७ सय २१ खर्च भई करिब ७० प्रतिशत खर्च भईसकेको देखिन्छ ‚ पुजिगत १० करोड‚ १लाख‚ ४ हजार।– मध्ये असार ९ सम्म ८‚करोड३लाख ७१ हजार१ खर्च भई ८१ प्रतिशत खर्च भई सकेको देखिन्छ ।
यस बर्ष संचालित बिषयगत योजनाहरुले यस गाउँपालिकाको समग्र बिकासमा सुधार ल्याएको छ। सडक पुर्वाधारहरुलाई प्राथमिकतामा राखेर गाउँपालिकाको केन्द्रसँग जोडिएको छ । महिला विकास समुद्ध कार्यक्रमहरु‚कृषि र पशु विकासका कार्यक्रमहरु‚युवा स्वरोजगार तालिम‚शिक्षा क्षेत्रका सुधारका तालिम एंव गोष्ठि लगाएतका श्रेत्रगत कार्यक्रमहरुले तपाई हामि सबैलाई सकरात्म सन्देश फैलाएको छ । जीवनस्त्तरमा सुधार ल्याएको छ ।
यधपि पहिलो बर्ष भित्र जनशक्तिको‚ अनुगमन‚उपभोक्ता समितिको लापरवाही लाई मध्यनजर गर्दे द्रोस्रो बर्षमा धेरै सुधार भई योजनाहरु समयमै सम्पन्न भएका छन् । तसर्थ आगमि आर्थिक बर्षमा अझै समयमा तालिका बनाएर हामी योजना तथा कार्यक्रमहरु समय अगाडि नै पुरा गर्ने‚अपेक्षाकृत गुणस्त्तर र लागतमा सम्पन्न गर्ने बाताबरण तयार गर्ने आवश्यकता देखिएको छ ।
उपस्थित सम्पुर्ण महानुभावहरु
अव म आ.ब २०७६/२०७७ को यस गाउँपालिकाको बजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
१.सोच
ऐसेलुखर्क गाउँपालिकालाई शान्त‚समुद्ध एंव पुर्वाधारयुत्त नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने ।
२.लक्ष्य
आ.ब २०७६/२०७७ भित्र यस गाउँपालिकाको भौत्तिक एंव सामाजिक विकासमा आम नागरिकहरुले प्रत्यक्ष अनुभुति गर्ने स्थितिको सिर्जना गर्ने‚
३.उद्धेश्य
-यस ऐसेलुखर्क गाउँपालिकावासिको जीवनस्त्तरमा सुधार ल्याई विकासको प्रतिफल हासिल गराउँदै परिवर्तनको प्रत्यक्ष अनुभुति गराउने यस बजेटको प्रमुख उद्धेश्य हुनेछ ।
-सडक सञ्जालकोस्तरोन्ति तथा सुरक्षित‚गुणस्त्तरीय र भरपर्दो यातायातको पहुँचमा वृद्धी गर्ने।
-गाउँपालिकाको केन्द्र सम्म केन्द्रीय विधुतियलाईन बिस्तार गर्दे अन्य वडामा समेत बिस्तार गर्दे लैजाने ।
-गाउँपालिकाभित्र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा देखिएका कमिकमजोरिहरुलाई निवारण गर्दे गुणस्तरिय स्वास्थ्य सेवा तथा शिक्षाको प्रत्याभूति दिलाउने ।
-परम्परागत कृषि प्रणालीमा सुधार ल्याउने ।
-बिषत व्यवस्थापन पुर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने ।
-सार्वजनिक प्रशासन र सेवा प्रवाह चुस्त‚दुरुस्त ‚पारदर्शी‚जवाफदेहि एंव प्रवाभकारी भएको हुनेछ ।
४.प्राथमिकता
आब २०७६/२०७७ को बजेटको प्राथमिकता क्षेत्रहरु निम्न बमोजिम रहेका छन ।
१. सडक स्तरोन्नति
२. बिधुत बिस्तार
३.स्वास्थ्य
४. शिक्षा
५. खानेपानि
६. सुचना तथा संचार प्रविधि
७. गुणस्तरीय सेवा प्रवाह र सुशासन
उपस्थित गाउँसभाका आदरणीय अध्यक्ष्यज्यु एंव सम्पुर्ण महानुभावहरु‚ अब म चालु आ।ब २०७६/२०७७ मा संञ्चालन हुने योजना तथा कार्यक्रम र सो को अनुमानित बजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु ।आगमि आर्थिक बर्षका लागि आय र व्ययको अनुमानको अनुमान देहायबमोजिम रहेको छ ।
आय तर्फ
१ संघिय सरकारबाट प्राप्त सशर्त अनुदान – रु १५ करोड ४९ लाख
२ संघिय सरकारबाट समानिकरण अनुदान – रु ७ करोड ५८ लाख
३ संघिय सरकारबाट राजश्व वाँडफाड अनुदान- रु६ करोड ६ लाख
४ प्रदेश सरकारको समानिकरण अनुदान – रु ६९ लाख
५ प्रदेश सरकारको सवारी साधन कर – रु३० लाख ८४ हजार
६ चालु आ.बको ०७५/०७६को अनुमानित रकम-रु १ करोड
७ आगमि बर्षको अनुमानित आन्तरिक श्रोत-१८ लाख ८३ हजार १ सय
८ जम्मा बजेट -३१ करोड ३१ लाख ६७ हजार १ सय
व्यय तर्फ
सर्शत अनुदान कार्यक्रम तोकेबमोजिम हुने- रु१५ करोड ४९ लाख
चालु खर्च – रु ५ करोड ६० लाख
पुजिगत खर्च- ९रु १० करोड २२ लाख ६७ हजार १ सय
कुल व्यय-३१ करोड ३१ लाख ६७ हजार १ सय
सभाध्यक्ष महोदय
हरेक स्थानिय तहले प्रत्येक बर्षको असार १० गते बजेट तर्जुमा गरी सार्वजनिक गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । सोही अनुरुप आर्थिक बर्ष २०७६र२०७७को बार्षिक संघिय सरकार तथा प्रदेश सरकार बाट यस गाउँपालिकालाई बिनियोजित सर्शत‚ राजश्व वाँडफाड र समानिकरण अनुदान समयमै प्राप्त हुन नसकेकाले यो बजेटलाई विस्तुत बनाउन नसकेकोमा जानकारी यस सम्मानित सभामा जानकारी गराउँदछु। सभाध्यक्ष महोदय आफैले पेश गर्नुभएको नीति तथा कार्यक्रम लाई प्रभावकारी बनाउन यस बजेटलाई सोही अनुरुप तयार हुनुपर्ने देखिन्छ ।
संघिय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने सर्शत अनुदानका कार्यक्रमहरु सोहीअनुरुप संचालन हुनेगरी आवश्यक व्यवस्था मिलाएको छु ।समानिकरण अनुदान मार्फत संचालन हुने पुजिगत तर्फका कार्यक्रमहरुलाई आगमि बैठकमा पेश गर्ने अनुमति माग गर्देछु ।
ऐसेलुखर्क गाउँपालिकाको विकास समृद्धीका लागि बजेट उपलब्ध गराउनुहुने संघिय तथा प्रदेश सरकार‚अन्य दातृ निकाय‚विकास साझेदार एंव आम सहयोगी संस्थाहरुप्रति हार्दिक आभार प्रकट गर्दछु‚ साथै सहयोग निरन्तर अपेक्षा समेत गर्दछु ।पुजिगच खर्च अन्तिम चौमासिकमा मात्रै हुने विगतको परीपाटीलाई अन्त्य गर्दे आर्थिक बर्षेको पहिलो चौमासिकबाटै सन्तुलित खर्च हुने व्यवस्थाका लागी म योजना छनौट गर्नुहुने सम्पुर्ण वडाबासी महानुभावहरु‚उपभोक्ता समितिहरु एंव वडाका जनप्रतिनिधि साथिहरुमा बिशेष अनुरोध गर्दछु ।
यो बजेटलाई कार्यान्वयनमा सबै पक्षमा साथ सहयोग मिल्ने अपेक्षा गर्दछु ।अन्त्यमा बजेट तयारीका महत्वपुर्ण सल्लाह सुझाव दिनहुने संघिय तथा प्रदेश सरकारका माननीय ज्युहरु‚गाउँपालिका अध्यक्षज्यु ‚ सम्पुर्ण बिषयगत समितिका सदस्यहरु ‚राजनितिक दलका नेतृत्वहरु ‚ पेशाकर्मि ‚बुद्धिजिवि तथा आम जनसमुदायमा र बिशेषगरी गाउँकार्यपालिकाको कार्यालयका सम्पुर्ण कर्मचारीमा हार्दिक आभार व्यत्त गर्दछु ।
धन्यबाद