केटाहरूको यी छ बानी, जो केटीहरूलाई कत्ति मन पर्दैन

Halesi
0 Shares

केटा र केटीहरू एउटा सम्बन्धमा बाँधिएपछि एकअर्काको भावनाको ध्यान राख्नु पनि जरूरी हुन्छ । केटा र केटीको स्वभाव अलिकति फरक हुन्छ नै । केटाहरूका केही स्वभाव केटीहरूलाई मन पर्दैन, त्यसमा ध्यान दिनुपर्छ ।

फ्लर्ट
केटाहरूलाई फ्लर्ट गर्न खुबै मन लाग्छ । सुन्दर केटी देखेपछि केटाहरू घुरेर हेर्न थालिहाल्छन् अनि फ्लर्ट गर्न शुरु गर्छन् । सम्बन्धमा बाँधिएपछि केटाहरूले फ्लर्ट गर्ने बानी छोडेनन् भने केटीहरू नराम्रो मान्छन् ।

ईर्ष्या
आफू चाहिँ फ्लर्ट गर्ने अनि आफ्नी प्रेमिका चाहिँ अरूसँग बोली भने पनि जलेर भुतुक्क हुने केटाहरूको बानी हुन्छ ।

मेसेज नफर्काउने
केटीहरूले आफ्नो प्रेमीलाई फोन वा मेसेज गर्दा नफर्काउने केटासँग एकदमै रिसाउँछन् । केटाको यस्तो क्रियाकलापलाई केटीले मन पराउँदैनन् ।

झगडा
केही केटाहरू साना साना कुरामा पनि झगडा गर्न थाल्छन् । सानो सानो कुरामा रिसाउने केटालाई केटीहरूले पटक्कै मन पराउँदैनन् । अनि रिसको सुरमा हात उठाउने केटालाई पनि केटीले राम्रो मान्दैनन् ।

अपमान गर्ने
केही केटाहरू केटीलाई पटक्कै सम्मान दिँदैनन् । महिला मित्रलाई उचित सम्मान नदिने केटालाई केटीहरूले मन पराउँदैनन् ।

समय नबिताउने
प्रेमिकालाई थोरै समय मात्र दिने अनि आफ्नै साथीहरूसँग धेरै समय बिताउने केटालाई पनि केटीहरूले मन पराउँदैनन् । पार्टनरले आफूसँग अधिकभन्दा अधिक समय बिताओस् भन्ने प्रत्येक केटीको चाहना हुन्छ ।

तपाईको प्रतिक्रिया