मुम्बई । महाराष्ट्रको मुम्बई, कल्याण, ठाणे र पुणेँमा केहिदिनदेखि भारी वर्षा भईरहेको छ । मुम्बईमा गत पाँच दिनदेखि वर्षा भईरहेको छ । पछिल्लो दुई दिनमा मात्रै ५३ सेमी (२१ इन्च) वर्षा भएको छ ।
कयौं क्षेत्रमा वर्षाको पानीले ५र६ फिटसम्म सतह भरिएको छ । मौसम विभागले मंगलबार अझै भारी वर्षा हुनसक्ने भन्दै सतर्क रहन अपिल गरेका छ । भारी वर्षाको कारण राज्यभरका सबै कार्यालय, विद्यालय, उद्योगधन्दा बन्द भएका छन् । सरकारले विदाको घोषणा गरेको छ । भारी वर्षाको कारण मुम्बईको विमानस्थल पानीले भरिएपछि उडान बन्द भएको छ । मुम्बईमा नेवीको टिमले उद्दार काम गरिरहेको भारतीय मिडियाले जनाएका छन् ।
महाराष्ट्रमा भारी वर्षाको कारण पछिल्लो २४ घण्टामा मात्रै २२ जनाको मृत्यु भएको छ । मुम्बईमा १३, पुर्णेमा ६ र कल्याणमा ३ जनाको ज्यान गएको बताइएको छ । मुम्बईको मलाड ईस्टको पिम्परीपान्डामा सोमबार राती पर्खाल भत्किँदा १३ जनाको ज्यान गएको छ । पर्खालले किचिएर दर्जनभन्दा बढि घाईते छन् ।
महाराष्ट्र सरकारले मर्नेहरुको परिवारलाई सहयोग स्वरुप ५÷५ लाख रुपैये सहयोग गर्ने घोषणा गरेको छ ।
भारतीय मौसम विभागले मध्यप्रदेशसहित छत्तीसगढ, महाराष्ट्र, गुजरात, झारखण्ड, उत्तरप्रदेश, अरुणाञ्चल, असम, बंगालमा पनि आगामी दुईदिनसम्म भारी वर्षा हुनसक्ने भन्दै सर्तक रहने अपिल गरेको छ ।