रियो दी जेनेरियो । अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनलाई २–० ले पराजित गरी ब्राजिल फाइनलम पुगेको हो । ब्राजिलको जितका लागि १९ औं मिनेटमा गाब्रिएल जेसुसले गोल गरेका हुन् भने दोस्रो गोल ७१ औं मिनेटमा रोबेर्टो फर्मिनोले गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध केही गोलका अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा ब्राजिललाई नतिजा सुम्पिन बाध्य भयो । ब्राजिलले अब उपाधिका लागि बिहीबार हुने अर्को सेमिफाइनल खेलमा चिली र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिना कोपा अमेरिकाको दोस्रो सफल टोली हो । सर्वाधिक सफल टेली उरुग्वेले १५ उपाधि जित्दा अर्जेन्टिनाले १४ उपाधि जितेको छ । ब्राजिले ८ पटक उपाधि जितेको छ ।
अर्जेन्टिनालाई स्तब्ध पार्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा
Halesi
0
Shares
तपाईको प्रतिक्रिया
- १. पक्की पुल बाढीले बगाएपछि फोक्सिङटारमा अस्यायी बेलिब्रिज जडान गर्न ठेक्का आव्हान
- २. पाठेघर खस्ने समस्या भएका १९ जना महिलाको निःशुल्क शल्यक्रिया
- ३. ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ महिला फुटबल प्रतियोगितामा हलेसी च्याम्पियन
- ४. हलेसीमा महिला फुटबल प्रतियोगिता : आयोजक र प्रगतिशील सेवा समाज विजयी
- ५. अलपत्र ‘लोकतान्त्रिक सिँचाइ कुलो आयोजना’को काम पुनः शुरु गर्ने सर्वपक्षीय सहमति
- ६. मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५ : करिब एक लाख पर्यटक भित्र्याउने तयारी