खोटाङ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङ दिक्तेलले मृतकका परिवारलाई शुत्रबार बिमा रकम हस्तान्तरण गरेको छ ।
साकेला गाउँपालिका वडा नम्बर ३ खिदिमाका श्री मणी कुमार राईको मृत्यु भएकोमा शुत्रबार मृतककी श्रीमती शिवकला राईलाई कम्पनीका शाखा कार्यालय प्रमुख श्री नविन श्रेष्ठले मृत्यु दावी बापतको रकम रु १ लाख ४२ हजार ६ सय को चेक हस्तान्तरण गरेको हो ।
मृतक राईले मिति २०६९/०३/३१ मा जीवन बीमा अभिकर्ता श्रीमती उत्तरा राई मार्फत बीमाङ्क रकम रु १०००००/- को वार्षिक किस्ता बापत रु १२३४२/- का दरले हाल सम्म सात किस्ता बापतको रकम जम्मा गरी सकेके थियो ।
सरकारले पिछल्लो समय मृत्यु दाबी रकममा असुल गर्दै आएको कर मिनाहा गरेपछि शतप्रतिशत रकम मृतकको परिवारलाई हस्तान्तरण गरिएको छ । यस कम्पनीको खोटाङ शाखा कार्यालय अन्तर्गत अन्य मृतक बीमितको परिवारलाई पनि मृत्यु दावी रकम प्रदान गर्दै आएको छ ।