सत्य बोल्ने हर व्यक्तिलाई यी चार महत्वपूर्ण लाभ हुनेछ

Halesi
0 Shares

काठमाडौं । महाभारतको वनपर्वमा सत्य बोल्दा व्यक्तिलाई कस्तो फाइदा हुन्छ भन्ने बारे बताइएको छ । साथै महाभारतमा खुसी जीवन जिउनको लागि पनि सत्य बोल्दा सहयोग पुग्ने कुरा खोलिएको छ । वेदव्यासले वनपर्वको अरण्यक उपपर्वमा मानिस सत्य बोल्दा जीवनका धेरै समस्याहरु हल हुने कुरा बताएका छन् । सत्य बोल्दा भगवान पनि प्रसन्न कुरा हुने उल्लेख गरेका छन् ।

यस्तो छ महाभारतको श्लोक 
‘सत्यवादी लभेतायुरनायासमथार्जवम्।
अक्रोधनोऽनसूयश्च निर्वृत्तिं लभते पराम्॥ वन.२५९/२२॥’

यस श्लोक अनुसार सत्य बोल्ने हर व्यक्तिलाई यी चार महत्वपूर्ण लाभ हुनेछ ।

१. लामो आयु
जो मानिस सधैं सत्य बोल्छ ऊ अरुभन्दा लामो समय जिउनेछ । यस्तो मान्छेलाई न त कुनै कुराको भय हुन्छ न त लालच । उ प्रति हरसमय भगवानको कृपा बनीरहेको हुन्छ । जसको कारण उसलाई लामो आयुसमेत मिल्दछ ।

२. सुखी जीवन
झुट बोल्ने बानी र कुरा–कुरामा छल–कपट गर्ने वानीले जीवनमा दुःखको कारण बन्छ । जो मानिस हरसमय सच्चाईको साथ दिन्छ, उसको जीवन सुखले भरिएको हुन्छ । यस्तो मानिसको जीवनमा कुनै खालको समस्याहरु आउँदैनन् । आए पनि समस्या तुरुन्तै हल हुन्छन् ।

३. सरलता
सरल व्यक्ति आफ्नो सारा समस्याको हल विना कोही छलबाटै पाउँछन् । यस्तो मानिसले जीवनमा सुखको साथ साथै मानसम्मान पनि पाउँछन् । यसकारण हर व्यक्तिलाई साँचो बोल्ने बानी अपाउनु आवश्यक छ ।

४. सत्य बोल्दा मन हुन्छ शान्त
महाभारतको श्लोकको दोस्रो लाईनमा भनिएको छ कि जो व्यक्ति कसै प्रति रिस राख्दैन भने उ भाग्यमानी हुन्छ । किनकी क्रोध एक जाल हो । जसमा फसेको मानिस आफ्नो–पराई, राम्रो–नराम्रो कसैको ख्याल गर्दैन् । यसकारण जो व्यक्ति हर समय सत्य बोल्छ उसलाई हर कुरामा रिस उठ्दैन् । साथै उसले आफ्नो रिस पनि सहजै नियन्त्रण गर्न सक्छ । यस्तो व्यक्तिको जीवन हरसमय शान्त खालको हुन्छ ।

तपाईको प्रतिक्रिया