काठमाडौं । पछिल्लो केहि दिनदेखि सुनको मुल्य नेपाली बजारमा स्थिर रहेको छ । गत शुक्रबारदेखि सुनको मुल्यमा घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले जनाए अनुसार छापापाल सुन प्रतितोला ६४ हजार ५ सय र तेजाबी सुन मुल्य प्रतितोला ६४ हजार २ सयमा कारोबार भईरहेको छ ।
गत शुक्रबारदेखि चाँदीको कारोबार मुल्य पनि स्थिर छ । प्रति तोला ७ सय २५ रुपैयाँमा चाँदीको कारोबार भईरहेको महासंघले जनाएको छ ।
गत बिहिबार सुनचाँदीको मुल्यमा भने केहि उतार चढाब आएको थियो । महासंघले दिएको जानकारी अनुसार गएको साता सुनको मुल्य बिहिबार बाहेक स्थिर रहेको छ ।