काठमाडौं । प्रसिद्ध गायक तथा संगीतकार कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप लागेको छ । भर्खरै सार्वजनिक गरेको उनको गित ‘समाचार’मा संगीत चोरीको आरोप लागेको हो ।
हेटौडाका गायक तथा संगीतकार बिक्की महतले गीत चोरीको आरोप लगाउँदै प्रहरीमा निवेदन दिएका छन् । उनले दश महिना अगाडि रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको छ ।
महतले प्रतिलिपी अधिकार अन्तर्गत प्रहरीमा मुद्दा दायर गरेका हुन् । उनले प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पनि निवेदन दिएका छन् ।
संगीत चोरीको आरोप लागेको गीत ‘समाचार’मा नेपाल आईडलबाट चर्चित भएका सुमित पाठकले स्वर दिएका छन् । गीतको शब्द र संगीत बास्कोटाको छ ।