काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेट शुल्कमा आजदेखि बढोत्तरी गराएका छन् । सेवा प्रदायक संस्थाले इन्टरनेटको शुल्कमा थप १३ प्रतिशत रकम लिनेछन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट भाषणमार्फत नै इन्टरनेटमा १३ प्रतिशत दुरसञ्चार कर लगाउने निर्णय गरेको थियो । त्यसैको भार कम्पनीहरुले उपभोक्तामाथि शुल्क बढाएर लिने निर्णय गरेका हुन् । सरकारले भने व्यवसायीलाई शुल्क नबढाउन यसअघि नै आग्रह गरेको थियो । गत जेठ २३ को मन्त्रीपरिषदको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले इन्टरनेट प्रयोगमा आवश्यक विभिन्न सामाग्रीहरुमा दुरसञ्चार सेवा सुल्क छुट दिने निर्णय सुनाएका थिए । तर व्यवसायीले सरकारको निर्णय पुरै आफुँ अनुकुल नभएको भन्दै शुल्क बढाएका हुन् । यसिअघि १३ प्रतिशत सरकारले दुरसञ्चार कर लगाउने र व्यवसायीले शुल्क बढाउने निर्णय गर्दा सर्वत्र विरोध भएको थियो । विरोध भएपछि सरकार र व्यवसायीबीच सम्झौता हुँदा मर्मत शुल्कको ५० प्रतिशत शुल्क नलिने निर्णयसमेत भएको थियो । तर सरकारले सम्झौता गरेअनुसार अन्य शीर्षकमा छुट नदिएको भन्दै इन्टरनेट सेवा प्रदायकले उपभोक्तालाई १३ प्रतिशत मूल्य बढाउने निर्णय गरेका हुन् । व्यवसायीको यो निर्णयसँगै अब इन्टनरनेट शुल्कमा थप १३ प्रतिशत रकम थपिनेछ । नेपाल टेलिकमले भने नबढाउने नेपाल टेलिकमले भने इन्टरनेट शुल्कमा बढोत्तरी नगर्ने भएको छ । टेलिकमले एक विज्ञप्ती सार्वजनिक गर्दै ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी महशुल दरमा कुनै बृद्धि नगरेको जनाएको छ । हालै मात्रै टेलिकमले इन्टरनेटलगायतका अन्य सेवाहरु विभिन्न प्याकेजहरु सार्वजनिक गरि झनै सस्तो बनाएको थियो । टेलिकमले दुर्गम क्षेत्र केन्द्रित नीति बनाइरहेको जनाएको छ ।
इन्टरनेट शुल्कमा १३ प्रतिशत बृद्धि, उपभोक्तामा कति थपिन्छ भार ?
Halesi
0
Shares
तपाईको प्रतिक्रिया
- १. पाठेघर खस्ने समस्या भएका १९ जना महिलाको निःशुल्क शल्यक्रिया
- २. ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ महिला फुटबल प्रतियोगितामा हलेसी च्याम्पियन
- ३. हलेसीमा महिला फुटबल प्रतियोगिता : आयोजक र प्रगतिशील सेवा समाज विजयी
- ४. अलपत्र ‘लोकतान्त्रिक सिँचाइ कुलो आयोजना’को काम पुनः शुरु गर्ने सर्वपक्षीय सहमति
- ५. मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५ : करिब एक लाख पर्यटक भित्र्याउने तयारी
- ६. एमालेको श्रम शिविर अभियान : तृतीयाभञ्ज्याङ–छितापोखरी सडक मर्मतको काम शुरु