काठमाडौं । पछिल्लो केहि दिनदेखि सुनको मुल्य नेपाली बजारमा स्थिर रहेको छ । गत शुक्रबारदेखि सुनको मुल्यमा घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले जनाए अनुसार छापापाल सुन प्रतितोला ६४ हजार ५ सय र तेजाबी सुन मुल्य प्रतितोला ६४ हजार २ सयमा कारोबार भईरहेको छ ।
बुधबार चाँदी भने रु २० ले बढेको छ । बुधबार चाँदी तोलामा ७४५ रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा रु ७२५ मा कारोबार भएको थियो ।