काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो ।
बिहिबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको मुल्य आज शुक्रबार बढेर तोलामा ६५ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बिहीबार तेजावी सुन तोलामा ६५ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ ।
यसैगरि बुधबार चाँदी तोलामा रु ७४५ मा कारोबार भएको थियो भने बढेर तोलाको ७७० पुगेको महासंघले जनाएको छ ।