बोरिस जोन्सन बेलायतको नयाँ प्रधाममन्त्री

Halesi
0 Shares

एजेन्सी । प्रधानमन्त्री थेरेसा मेको राजीनामा सँगै आगामी उत्तराधिकारीका रूपमा पूर्व विदेशमन्त्री बोरिस जनसन चुनिएका छन्। सत्तारुढ कन्जर्भेटिभ दलले उनलाई दलको नेताका रुपमा निर्वाचित गरेपछि उनी बेलायतको प्रधानमन्त्री हुने पक्का भएको हो।

बेलायतमा बुहमतप्राप्त दलको नेता नै प्रधानमन्त्री हुने प्रचलन छ। कन्जर्भेटिभ दलका लगभग १ लाख ६० हजार सदस्यले निर्वाचनमा भाग लिएका थिए। वर्तमान विदेशमन्त्री जेरेमी हन्ट उनका प्रतिस्पर्धी थिए।

५औं चरणसम्म भएका निर्वाचनमार्फत् अन्तिम दुई जना चुनिएका थिए। दलको नयाँ नेताका रूपमा जनसनले सम्बोधन गरेका छन्।

आफ्नो सम्बोधनमा उनले थेरेसाको संकल्प पूरा गर्ने जिम्मेवारी पाउँदा खुसी लागेको बताएका छन्। उनले बुधबार प्रधानमन्त्री मेको उत्तराधिकारीको रुपमा सपथ ग्रहण गर्नेछन्।

ब्रेक्जिट अभियानमा खुलेर लागेका जोन्सन सन् २००८ देखि २०१६ सम्म लन्डन मेयर थिए। प्रधानमन्त्री थेरेसा मेको ब्रेक्जिट डिलबाट असन्तुष्टि जनाउँदै उनले गतवर्ष राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया