हवाई आक्रमणमा परी लडाकु कमाण्डरसहित ५० जनाको मृत्यु

Halesi
0 Shares

क्वाला—ए—नावा । अफगानिस्तानमा बिहीबार भएको हवाई आक्रमणमा परी ५० भन्दा बढी तालिवान लडाकूको मृत्यु भएको छ ।

तालिवान लडाकूहरू भेला भएर बसेको सूचनाका आधारमा गरिएको आक्रमणमा परी जिल्लास्तरीय प्रमुख कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन् ।

अफगानिस्तानको पश्चिमी बाघीस प्रान्तमा पर्ने अब कुमारी इलाकामा आक्रमण भएको प्रान्तीय गभर्नर अब्दुल घाफुर माजिक्जाईले बताउनुभयो ।

“गुप्तचर निकायले दिएको सूचनाका आधारमा सुरक्षा निकायले हवाई आक्रमण गरेको थियो, घटनास्थलमा तालिवान लडाकूहरुको भेला चलिरहेको थियो,” उहाँले भन्नुभयो ।

घटनामा परी लडाकूहरुका जिल्ला प्रमुख सायद शाह मारिएको गभर्नर माजिक्जाईले जानकारी दिनुभयो ।

घटनास्थलमा लडाकूविरुद्ध सरकारी सुरक्षाकर्मीहरुले हवाई आक्रमण जारी राख्ने पनि उहाँले बताउनुभयो ।

स्थानीय बासिन्दाका अनुसार तालिवान लडाकूहरू गत दश दिनदेखि यस क्षेत्रमा बसेका थिए । उनीहरूले त्यस भेलामा आफ्ना योजना र रणनीतिका बारेमा छलफल गरेका थिए ।

घटनाका बारेमा तालिवान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।सिन्ह्वा

तपाईको प्रतिक्रिया