अब चाँडै नै तपाईले औलालाई फोनको रुपमा प्रयोग गरेको देख्न सक्नुहुन्छ

Halesi
0 Shares

एजेन्सी । स्क्रीन टच मोबाइल त सबैले देखेकै कुरा हो । तर, के तपाईले औलालाई नै फोनको रुपमा प्रयोग गरेको देख्नु भएको छ ? अब चाँडै नै तपाईले औलालाई फोनको रुपमा प्रयोग गरेको देख्न सक्नुहुन्छ । खासमा एक प्रकारको ब्रासलेट तयार भएको छ, जो यसप्रकारको सुबिधा प्रदान गर्दछ । आउनुहोस् यो ब्रासलेटको बारेमा जानकारी राखौं । इटालीका अनसन्धानकर्ताहरुले तयार गरेका यो ब्रासलेट हातको औलालाई मोबाइल जस्तै गरी काम गर्न बनाउन सक्छ । यो प्रविधि औलाको हड्डीमा भाइब्रेसनको माध्यमले आवाज पैदा गर्दछ, जसमा अगाडि रहेको फोन गर्नेलाई आवाज सुनाई दिन्छ । हड्डीलाई आवाज पैदा गर्ने बनाउन सजिलो छ । किनकी यसअघि पनि योसँग मिल्दो जुल्दो एक प्रविधि केही फोनहरुमा देखिसकेको छ । यसप्रकारको प्रविधिलाई साउण्ड डिस्प्ले प्रविधि भनिन्छ । यसबाट फोनको स्क्रीनको कुनै पनि भागबाट फोन गर्नेको आवाज सुन्न सकिन्छ । सो ब्रासलेटको मुल्य पनि निर्धारण गरिएको छ । अनुसन्धानकर्ताले सो ब्रासलेटको मुल्य १७ हजार रुपैयाँसम्म पर्ने बताएका छन् । अहिले यस ब्रासलेट युरोपका केही देशहरुमा मात्र बेचिने जनाएको छ । स्मरणीय छ, यो ब्रास्लेट स्मार्टफोनसँग जोडिएर काम गर्छ यसरी गर्न सकिन्छ प्रयोग यो प्रविधिको सबैभन्दा चाख लाग्दो कुरा के हो भने, जब तपाईलाई फोन आउँछ तब तपाईले गोजीबाट मोबाइल निकालेर उठाउने आवश्यकता नै पर्दैन । हातलाई यसो घुमाउँदैमा नै फोन उठी हाल्छ । अनि औला काममा लगाउने बित्तिकै फोन गर्नेको आवाज सुन्न सकिन्छ । त्यसैगरी नाडीमा लगाइएको ब्रासलेटमा भएको माइक मार्फत आफ्नो आवाज फोन गर्ने व्यक्तिलाई जानेछ । रोचक कुरा त यो ब्रासलेटमा न त स्क्रीन छ न त कुनै बटम नै । तर यो हातमा आकर्षक देखिन्छ । यसको अर्को विशेषता भनेको फिटनेस राख्न सहयोगीको काम पनि गर्नेछ । यसमा मुटुको धड्कन नाप्ने र खानपानको आँकलन गर्ने फीचर रहेको हुन्छ । त्यसैगरी एक दिनमा ब्रासलेट लगाउने व्यक्तिले कति क्यालोरी कम गर्यो त्यसको रेकर्ड पनि राख्ने गर्दछ । यसमार्फत अनलाइन भुक्तानीका लागि पनि प्रयोग गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया