जहाँ मुर्खको पूजा हुन्छ, त्यहाँ कहिल्यै दुःखको अन्त्य हुँदैन् – चाणक्य नीति

Halesi
0 Shares

काठमाडौं । पुरानो समयमा जब भारत खण्ड–खण्डमा बाँडिएको थियो, तब आचार्य चाणक्यले अखण्ड भारतको निर्माण गरेका थिए । चाणक्यले एक सामान्य बालक चन्द्रगुप्तलाई अखण्ड भारतका सम्राट बनाएका थिए ।

चाणक्यले जीवनलाई सुखी र सफल बनाउनको निम्ति नीति शास्त्रको रचना गरेका थिए । यस शास्त्रमा उनले बताएका सबै कुराहरु आज पनि त्यतिकै महत्वपूर्ण छन् । उनले देखाएको मार्गदर्शनबाट जीवनका कयौं समस्याहरु सुल्झाउन सकिन्छ ।

जान्नुहोस् चाणक्यले नीतिमा किन यस्तो लेखेका थिए ?
मूर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम् ।
दंपतोः कलहो नास्ति तत्र श्रीः स्वयमागता ।।

माथि उल्लेखित श्लोक चाणक्य नीतिको तेस्रो अध्यायको २१ औं श्लोकमा पर्दछ । यस नीतिमा उनले मूर्खको पूजा नहुने ठाउँमा मात्रै ज्ञानीको सम्मान हुने बताएका छन् । त्यस ठाउँमा मात्रै ज्ञानीको कुराबारे सोंचिने उनको विश्वास छ ।

जहाँ धन सम्पत्ति पर्याप्त मात्रामा छ, अन्नको दाना पनि व्यर्थमा फ्याँकिदैन्, जुन घरमा पति पत्नीका बीच वादविवाद हुँदैन्, सबै प्रेमले रहन्छन्, त्यहाँ नै देवी लक्ष्मीको बास हुनेछ । त्यस्तो ठाउँमा नै सुख र समृद्धि सदैव रहने उनको विश्वास छ ।

जुन ठाउँमा मुर्खको पूजा गरिन्छ, दुस्ट मानिसको सेवा गरिन्छ त्यस्तो ठाउँमा सुख र समृद्धि नहुने चाणक्यको तर्क छ । त्यस्तो ठाउँका मानिसहरुमा माया प्रेम र सद्भावसमेत नहुने चाणक्यले बताएका छन् । त्यस्तो ठाउँमा लक्ष्मीको पनि बास नहुने चाणक्य उल्लेख गर्छन् । त्यस्तो ठाउँमा पति पत्नीबीच पनि सधैं लडाई हुने, परिवारमा मेलमिलाप नहुने, समाज अभद्र खालको र असहयोगी हुने चाणक्यको भनाई छ ।

यसकारण मूर्ख मानिसको संगतबाट बच्नु नै उपयुक्त हुन्छ । तब नै परिवार र व्यक्तिको जीवन सुखी हुन्छ । यदि यी कुराहरुको ध्यान राखिएन भने जीवनमा कहिल्यै पनि दुःख नसकिने चाणक्यले आफ्नो नीतिमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया