एजेन्सी । बुधबार दिउसोदेखि सामुन्द्रिक आँधी आउन सक्ने सम्भावनाका कारण हङकङमा त्रास फैलिएको छ । हङकङको मौसम विभाग पूर्वानुमान शाखाले बुधबार ताइफुन सिग्लन नम्बर ८ जारी गरेपछि मानिसहरु त्रसित बनेका हुन् ।
मौसम विभागले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार हङकङबाट ५०० किलोमिटर दक्षिणी क्षेत्रबाट आँधी चल्न शुरु भएकाले यो हङकङ र चीनको दक्षिणी ग्वान्डोङ प्रान्त हुँदै बहने अनुमान छ। आँधिको गति र बहने दिशाको अनुमान गर्दै मंगलबार राती र बुधबार बिहानसम्म आँधीको सिग्नल नम्बर ३ हुने बताउँदै विभागले होशियारी अपनाउन आग्रह गरेको छ।
सामुद्रिक आँधीका कारण बुधबार मेघ गर्जनका साथ भारी वर्षा हुने अनुमान छ। बुधबारको तापक्रम २६।२९ डिग्री छ।
ताइफुन सिग्नल नम्बर ८ शक्तिशाली आँधीको संकेत हो। उक्त समय स्कुल, कार्यालय, यातायात, पसल लगायत बन्द गरिन्छ। सिग्नल नम्बर ९ र १० लाई बिनाशकारी मानिन्छ। सन् २०१८ सेप्टेम्बरमा आएको सिग्नल नम्बर १० आँधी माङ्खुटले हङकङमा अर्बौं डलर बराबरको क्षति पुर्याएको थियो।
यो बर्ष ७ वटासम्म आँधी आउने मौसम तथा जलवायु विज्ञान बिभागले बताएको छ।