अध्ययन भन्छ – नियमित शारिरिक सम्पर्कले शान्त र खुशी बनाउछ

Halesi
0 Shares

रोग प्रतिरोधी क्षमता जति राम्रो भयो, उति नै हाम्रो शरीर निरोगी हुन्छ । यस अर्थमा सबैको इच्छा र चाहना आफ्नो रोगप्रतिरोधी क्षमता राम्रो होस् भन्ने नै हुन्छ ।

विभिन्न वैज्ञानिक अध्ययनहरुले के देखाएको छ भने सक्रिय शारिरिक सम्पर्कको जीवन बिताइरहेको मानिसहरुको रोगप्रतिरोधी क्षमता राम्रो हुने गर्छ ।

ती अध्यनहरुले देखाए अनुसार हप्ताको एकाध पटक सक्रिय शारिरिक सम्पर्कको जीवन बिताउने मानिसहरुको रोगप्रतिरोधी क्षमतामा राम्ररी अभिबृद्धि हुने गर्छ । कतिसम्म भने, त्यस किसिमको शारिरिक सम्पर्कको सक्रियताले पुरुषको मुटु स्वस्थ रहने र तिनमा हृदयघात हुने सम्भावना ५० प्रतिशत नै घटेर जान्छ ।

अध्ययनले देखाएअनुसार आधा घण्टाको सक्रिय शारिरिक सम्पर्क क्रियाले एउटा व्यक्तिमा २०० क्यालोरीसम्म उर्जा खर्च हुने गर्छ । जसको फलस्वरुप, उनीहरुमा हृदयघात हुने सम्भावना कम भएर जान्छ ।

वास्तवमा, शारिरिक सम्पर्कको दौरानमा शरीरमा इन्ड्रोफिन हर्मोन निस्काशित हुन्छ । यो हर्मोनले मानिसलाई शान्त रहन र राम्ररी सुत्न समेत मद्दत गर्छ । फलतः हाम्रो शरीर स्वतः स्वस्थ रहन पाउँछ ।

नियमित शारिरिक सम्पर्कले महिलाको गर्भाशय स्वस्थ रहन तथा महिनावारीको बेला हुने पीडा, बाथ तथा अन्य सामान्य दुखाइहरुलाई समेत कम गर्न मद्दत पुग्ने अध्ययनहरुले देखाएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया